काठमाडौँ महानगरपालिकामा शुक्रबारबाट रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम फेरि भोलिदेखि शुरु हुने भएको छ ।
महानगरका प्रमुख हरिबहादुर कुँवरले दिएको जानकारीअनुसार भोलि सोमबार र मंगलबार ६० र ६१ वर्ष उमेर समूहकाहरूलाई सोमबार र मंगलबार खोप दिइनेछ ।
महानगरले यसअघि काठमाडौँका ३२ वटै वडा कार्यालयमा खोप कार्यक्रम गरेको थियो । सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसकेको भन्दै गत शुक्रबार अर्को सुचना नआएसम्म खोप लगाउने कार्यक्रम स्थगित बनेको थियो ।
प्रमुख कुवरकाअनुसार यसअघि छुटेका ६० र ६१ वर्ष उमेर समूहलाई अस्पतालहरूमा खोप लगाइनेछ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।