शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

युरो कपमा इटालीको विजयी सुरूवात


  • शनिबार, जेष्ठ २९ २०७८
10.7K
SHARES

फाइल तस्बिर

युरो २०२० मा इटालीले विजयी सुरूवात गरेको छ। युरो २०२० मा इटालीले विजयी सुरूवात गरेको छ। शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोलले पराजित गर्‍यो।

इटालीले आत्मघाती गोलको सहाराबाट खेलमा अग्रता लियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ मिनेटमा टर्कीका डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए। ६६ मिनेटमा इमोबिलले इटालीको अग्रता दोब्बर पारे। ७९ मिनेटमा इनसाइनले अर्को गोल गरेपछि इटाली ३-० गोलले अघि बढेको थियो। जितसँगै इटालीले समूह एु मा तीन अंक जोडेको छ।

युरो २०२० मा आज तीन खेल हुँदैछन्। समूह एु को खेलमा राति पौने सात बजे वेल्स र स्विट्जरल्यान्ड, समूह बी को खेलमा डेनमार्क र फिनल्यान्डबीच पौने दश बजे खेल हुनेछ। यस्तै राति १२:४५ बजे समूह बी को खेलमा बेल्जियम र रसियाबीच प्रतस्पर्धा हुँदैछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा