विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार ९आज० बलियो टिम अस्ट्रेलियाको सामना गर्दै छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुने उक्त खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
अस्ट्रेलियासँगको खेलका लागि नेपालले सुरुवाती–११ को घोषणा गरेको छ । आज नेपाली टोली ४–३–३ को फर्मेसनमा खेल्नेछ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीमा चार खेलाडी परिवर्तन गरेका छन् ।
जोर्डनविरुद्ध सुरुवाती–११ मा रहेका अन्जन विष्ट, दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा रहेका छन् । फरवार्ड नवयुग श्रेष्ठ, मिडफिल्डर विशाल राई, एरिक विष्ट र डिफेन्डर गौतम श्रेष्ठ सुरुवाती–११ मा रहेका छन् ।
एसियाली फुटबलको पावरहाउस मानिने अस्ट्रेलियाविरुद्ध मैदान उत्रँदा नेपाललाई कठिन पर्ने देखिएको छ । अस्ट्रेलिया पाँच पटक विश्वकप खेलिसकेको टिम हो । समूह ‘बी’ मा अस्ट्रेलिया १८ अङ्क जोडेर शीर्ष स्थानमा छ । नेपाल भने चौथो स्थानमा छ । नेपालसँग ६ अङ्क छ ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।