शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रशासन निषेधाज्ञा खुकुलो पार्ने पक्षमा, स्वास्थ्य भन्छ-जोखिम घटेको छैन


  • शुक्रबार, जेष्ठ २८ २०७८
15.4K
SHARES

फाईल तस्बिर

कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै प्रशासनले उपत्यकामा निषेधाज्ञा लगाएको डेढ महीना पुगिसक्यो । यो अवधिमा संक्रमण दर घट्दै गएको भन्दै निषेधाज्ञा खुकुलो पार्न सरकारलाई दबाबव बढेको छ । स्थानीय जनप्रतिनिधिहरुले पनि उपत्यका प्रवेश नाकामा कडाई गर्नुपर्ने, तर भित्र जनजीवन सामान्य बनाउँदै लैजानुपर्ने सुझाव दिएका छन् ।

स्थानीय प्रशासन पनि क्रमशः निषेधाज्ञा खुकुलो पार्दै जानुपर्नेमा सहमत छ । तर विगतमा एकैपटक निषेधाज्ञा खोल्दा संक्रमण बढेको प्रति गृह मन्त्रालय सचेत छ । त्यसैले विज्ञसँग पनि परामर्श लिएर निषेधाज्ञा खुकुलो बनाउनुपर्ने अधिकारीहरुको भनाइ छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच असारदेखि निजी सवारीसाधनलाई जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस विषयमा असहमति जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल भन्छन्, ‘जोखिम कम भइसकेको होइन, त्यसैले अहिलेकै अवस्थामा सवारीसाधन खोल्नु जोखिमपूर्ण छ ।’
यही बीच प्रशासनले असार १ देखि ७ गतेसम्म निषेधाज्ञा थप्ने मनस्थिति बनाएको छ । तर कुन–कुन क्षेत्र थप खुकुलो बनाउने भन्ने चाहिँ टुंगो लागि सकेको छैन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भन्छन्, ‘जेठ ३१ गते तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञाको विषयमा निर्णय गर्छौं ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा