कोरोना भाइरसका विषयमा अझै पनि विभिन्न अध्ययनहरु भइरहेका छन् । अध्ययनकै क्रमममा नङको रङमा परिवर्तन आउनुलाई कोरोना भाइरसको नयाँ लक्षण भएको देखिएको छ ।
युनिभर्सिटी अफ इस्ट एनग्लियाका वैज्ञानिकले गरेको अध्ययन अनुसार नङको रङमा परिवर्तन आउनु पनि कोरोना संक्रमणको लक्षण हुन सक्ने देखिएको हो ।
अहिलेसम्म ज्वरो, खोकी, थकान तथा गन्ध, स्वाद थाहा नपाउनुलाई कोरोना संक्रमणका लक्षण देखिँदै आएको थियो । तर पछिल्लो समय बैज्ञानिकहरुले नङको रङमा परिवर्तन आउनुलाई पनि कोरोना भाइरसको लक्षण भनेका छन् ।
उनीहरुले यसलाई ‘कोरोना नेल’ नाम दिएका छन् । यद्यपी यस्तो लक्षण कति दिनसम्म रहन्छ भनेर यकिन तथ्यांक रिपोर्ट आइनसकेको उनीहरुले बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।