गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन्।
प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बिहीबार प्रदेश सभाबाट विश्वासको मत पाउन असफल भएपछि मनाङेले राजिनामा दिएका हुन् ।
‘मुख्यमन्त्रीज्यूबाट प्रदेश सभामा राखिएको विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भइ मुख्यमन्त्री पदमुक्त समेत भइसकेको सन्दर्भमा मन्त्रीको रुपमा काम गरिरहनु नैतकसम्मत नहुने हुँदा गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीबाट आज (बिहीबार)कै मितिबाट लागू हुने गरी राजीनामा दिएको छु,’ मनाङले आफ्नो वक्तव्यमा भनेका छन्।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।