काठमाडौँ–नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले कोरोना कहरमा विपन्न, मजदु तथा खेलाडीहरुलाई सहयोग गर्ने उद्देश्यले ‘सहयोग अभियान’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
निषेधाज्ञा बढ्दै जाँदा झन् कठिन समय बिताइरहेका समस्या ग्रस्त व्यक्तिहरूको समस्यालाई केही सम्बोधन गर्ने उद्देश्यले सहयोग अभियान सुरु गरिएको बताइएको छ ।

यस अन्तर्गत नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा क्यान्सर पीडित ८ वर्षीय बालकलाई एक महिनाको औषधी उपचार सहित सोही अवधिका लागि खाद्यान्न उपलब्ध गराएको छ । यस्तै बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ का २९ वर्षीय युवकको कोभिडको कारण मृत्यु भएको र मृतकको परिवारलाई १ महिनाको खाद्यन्नहरु समेत उपलब्ध गराएको छ ।

सहयोग अभियान अन्तर्गत काठमाडौँका विभिन्न स्थानमा रहेका ट्राफिक तथा प्रहरी कार्यालयहरूमा मास्क, सेनिटाइजर, फेश शिल्ड, ग्लोब लगायतका स्वास्थ्य समाग्रीहरु समेत वितरण गरेको छ । संघले यस अभियान निरन्तर जारी रहने र समस्यामा परेका खेलाडी तथा खेलकर्मीहरूलाई प्राथमिकतामा राखेर सहयोग गरिने अध्यक्ष दीपक गुरुङले बताए ।



खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।