बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

‘दिपक मनाङे’ सम्पर्कविहीन भएपछि गुरुङको मुख्यमन्त्री पद धरापमा


  • बिहिबार, जेष्ठ २७ २०७८
10.2K
SHARES

फाइल तस्विर

सम्पर्कबिहीन भएका गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङ ‘दिपक मनाङे’ अझै सम्पर्कमा आएका छैनन्। उनी हिजो बुधबारदेखि सम्पर्कमा आएका छैनन् ।

आज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने तय भएसँगै मनाङे भने सम्पर्कबिहीन भएका हुन् । मनाङेले विपक्षी गठबन्धनलाई समर्थन गर्ने संकेत पनि देखाएका छन् ।

आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै छन्।

गुरुङले वैशाख २९ गते प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीको शपथ लिएका थिए। संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा