प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दाका लागि संवैधानिक इजलास पुनर्गठन नहुने भएको छ । सरकारी पक्षले न्यायाधीशद्धय दीपक कार्की र आनन्दमोहन भट्टराईबारे प्रश्न उठाएका थिए । तर बुधबार बसेको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले निवेदकको तर्फबाट बहस सुरु गर्न अनुमति दिए ।
राजाराम घिमिरेले आफ्नो निवेदन सम्झएका थिए । तर जबराले बेञ्चलाई निरन्तरता दिने बताए ।
न्यायाधीश ईश्वर खतिवडाले संयोगले आफूहरु जिम्मेवारीमा आएको भन्दै भने, ‘अब यो जिम्मेवारीबाट भाग्दैनौं ।’
कहिले काँही शब्दबाट त कहिले मौनताबाट जवाफ हुने भन्दै उनले अब बेञ्च गठनबारे बहस नगर्न आग्रह गरे । उनले भने, ‘भोलि फाइनल लेख्ने बेला के गर्ने गरौंला, अब यो बेञ्च नै फाइनल हो ।’
प्रधानन्यायाधीश राणाले आइतबार आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर प्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलास गठन गरेका थिए ।
त्यसअघि गठन भएको इजलासका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसी विरुद्ध रिट निवेदकहरूले प्रश्न उठाएपछि प्रधानन्यायाधीशले वरिष्ठताको आधारमा इजलास गठन गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।