बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

ज्येष्ठ नागरिकलाई आजदेखि कोरोनाविरुद्धको चिनियाँ खोप लगाइँदै


  • मंगलबार, जेष्ठ २५ २०७८
9.3K
SHARES

फाईल तस्बिर

चीनले अनुदानमा खोप उपलब्ध गराएपछि सरकारले आजदेखि ज्येष्ठ नागरिक कोरोना भाइरसविरूद्धको खोप लगाउँदैछ ।

काठमाडौँ उपत्यकाबाहेकका जिल्लामा खोप लगाउने उमेर समूह संशोधन गर्दै सरकारले चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउन लागेको हो ।

६० देखि ६४ वर्ष उमेर समूहलाई दिइने भनिएको खोप अन्तिम समयमा आएर ६२ देखि ६४ वर्षकालाई मात्रै दिने निर्णय भएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठदेखि शुरु हुने खोप अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र लगाउन निर्देशन दिइएको छ ।

हिमाली जिल्लामा भने यसअघि नै ५५ वर्ष माथिकालाई खोप दिइएकाले सो समूहकाले खोप लगाउन छुटेका भए खोप दिइने तयारी छ ।

यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि पहिलो डोज दिने सरकारको तयारी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा