
१० जेठ, ललितपुर ।
सातदोबाटो, ललितपुरमा रहेको ग्राण्ड एकेडेमी र महाकालेश्वरी आधारभूत विद्यालयबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालको समेत सहभागिता थियो । ८० प्रतिशत भन्दा बढि विद्यार्थीहरुले विद्यालयमा पढाई बिचमै छाड्ने गरेको जानकारी पाएपछि त्यो विद्यालयलाई अँगालेर पहिलो चरणमा शैक्षिक जनशक्ति, शैक्षिक सामाग्री, तालिम लगायत अत्यावश्वक सामाग्रीहरु प्रदान गरी सहयोग गर्ने निर्णय गरेको ग्राण्ड एकेडेमीका प्रध्यानाध्यापक सिमा राईले बताउनुभयो ।

ललितपुर महानगरपालिकाकी कार्यवाहक प्रमुख गीता सत्यालले विद्यालयको सहयोगी भावनाको कदर गर्दै समावेशी शिक्षालाई नेपालमै पहिलोपल्ट प्रयोगमा ल्याउन आफूले सक्दो सहयोग गर्ने वताइन् । शिक्षा क्षेत्रमा ग्राण्ड एकेडेमी निकट भविश्यमा ललितपुरको नमुमा विद्यालय हुने उपमेयर सत्यालले धारणा थियो ।
विद्यालयका शैक्षिक संयोजक हरिप्रसाद सञ्जेलले शैक्षिक सुधार र सहयोगबारे विद्यालयको आगामी योजनाहरु को बारेमा जानकारी दिएका थिए । कम शुल्कमै पनि विद्यार्थी तथा अभिभावकहरुलाई धेरै भन्दा धेरै सुविधा दिएको र आगामी दिनमा पनि नयाँ नयाँ प्राविधिक कुराहरु थप्दै जानेमा जोड सञ्जेलको जोड थियो ।
मिस नेपाल वल्ड अनुष्का श्रेष्ठले दुइ वर्षको छोटो अवधिमै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरको पुरस्कार जित्न सफल भएकोमा ग्राण्ड एकेडेमी तथा यसका प्रधानाध्यापकलाई बधाई तथा शुभकामना दिइन् ।
कार्यक्रमा विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुतिहरु पनि रहेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।