प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै राप्रपाभित्र अन्तरविरोध चर्किएको प्रस्टै बुझ्न सकिन्छ । तीन अध्यक्ष रहेको राप्रपामा प्रधानमन्त्री ओलीबाट भएको प्रतिनिधिसभा विघटनलाई हेर्ने तौर तरीका फरक रहेको देखिन्छ । सरकारमा सहभागी हुने र चुनाब गराउने सम्मको विषयमा दुई धार देखापरेको छ ।
राप्रपामा कमल थापासहित डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा अध्यक्ष रहेका छन् । कमल थापा एकातिर र लोहनी तथा राणा अर्को धारमा उभिएका छन् । विवाद सतहमै देखा पर्न थालेपछि पार्टीको एकता नै संकटमा पर्नसक्ने नेताहरुले बताउन थालेका छन् ।
लोहनी र राणाले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेकोप्रति विरोध गरेका छन् भने थापाले ताजा जनादेशमा जानुपर्ने बताउँदै ओली नेतृत्वको सरकारमा सहभागी हुन सकिने संकेत गरेका छन् ।
दुई वा दुई भन्दा बढी घोडाले तानेको रथ तीव्र गतिमा अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै यो नैसर्गिक सत्य भएको बताएका छन् ।
अध्यक्ष थापाले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्रगति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । यो सत्य नबुझेको होइन, तर तीव्रगति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो । गतिहीन नै होला भन्ने सोचिएन ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।