शनिबार, साउन ३० २०८३
ताजा अपडेट

तपाईंहरूले एउटै चुलामा बाक्लो दाल खाँदा, ओली सरकारले गरेको अर्बौंको भ्रष्टाचार माफ हुन्छ ?


  • सोमबार, जेष्ठ २४ २०७८
13.2K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री केपी ओलीको पालामा भएका केही काण्डहरू झिक्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा एमालेका माधव नेपाल समूहका नेताहरूलाई प्रश्न तेर्‍स्याएका छन्।

आज राति एक ट्विट गर्दै जसपमा संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले ‘तपाईंहरू (निष्काशित एमाले) सबै जेठ ३ मा फर्केर एउटै चुलामा बाक्लो दालसहित भातभान्सा गरेमा ओलीका अक्षम्य अपराध माफ हुन्छन् भनी सोधेका छन्।

एमाले अध्यक्ष ओलीले आजै ६ बुँदै प्रस्ताव गर्दै पार्टी एकताका लागि सबैलाई एकजुट हुन आग्रह गरेका छन्। यसै सन्दर्भमा भट्टराईले ट्विट गरेका हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा