नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम प्रयास गरेको बताएका छन् । आफ्नै हुन माया लाग्छ त्यसैले एमाले मिलनको लास्ट प्रयास हो, नत्र बाक्लो दाल खाऊ भन्ने अभिब्यक्ति सामाजीक संजालमा दिएका छन ।
एकताका लागि गरिएको अन्तिम प्रयासलाई पनि वेवास्ता गरे माधव नेपाल समूहले बाक्लो दाल खाए हुँने उनको सुझाव छ ।
सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले भनेका छन्, ‘अब के भने नि बस्नेलाई श्री सम्पत्ति जिम्मा जानेलाई दुई-तीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा । के गर्नु? आफ्नै हुन माया लाग्छ । राष्ट्रकवि माधव घिमिरेको गौरी शोक काब्यमा जस्तै बनाए। यी हाँसे पनि रोए पनि बुढालाई पीरै पीरमा राख्ने भए । लास्ट प्रयास! पारिवारिक मिलनको नत्र बाक्लो दाल खाउ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।