कोरोना कहरको बिचमा, जुवा खेलिरहेको अवस्थामा प्रहरीले दाङको घोराहीस्थित एक होटलबाट ६ जनालाई पक्राउ गरेको छ ।
दाङमा घोराही उपमहानगरपालिका १५ स्थित एक होटलबाट जुवा खेलिरहेको अवस्थामा एक लाख ३९ हजार रकमसहित ६ जनलाई पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका दाङका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ निवासी ४१ वर्षीय सुधिर न्यौपाने , सोही ठाउँ निवासी ३२ वर्षीय सन्तोष पराजुली, ४५ वर्षीय प्रकाश पोख्रेल, २९ वर्षीय भिम खत्री, २४ वर्षीय होमराज रोका र होटल संचालक २९ वर्षीय दिपक थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी मुकुन्द प्रसाद रिजालका अनुसार उनीहरुको साथबाट तास, नगदलगायत सामान बरामद भएको छ । अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।