शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

राजेन्द्र महतोको दिन गन्ति सुरु, पदबाट हटाउन रुपन्देहीका आठ दलको माग


  • सोमबार, जेष्ठ २४ २०७८
9.4K
SHARES

फाईल तस्बिर

रूपन्देहीमा क्रियाशील विपक्षी आठ दलले उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोलाई पदबाट हटाउन माग गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा क्रान्तिकारी माओवादी बुटवल उपमहानगर समितिले संयुक्त विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महतोले हालै दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै सरकारबाट हटाउन माग गरेका हुन् ।

‘भर्खरै नियुक्त सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोले विवादास्पद अभिव्यक्ति दिएर देशलाई विखण्डन गराउने विषय उठाएका छन् । हिजो सिंहदरबारमा बसेर चर्को कुरा गर्नेहरु र सीमा नाकामा बसेर आन्दोलन गरी मुलुकलाई अप्ठेरो पार्नेहरु बीच गहिरो सम्बन्ध र तालमेल देखिएको छ । तसर्थः प्रधानमन्त्रीमा नैतिकता छ भने तत्काल यस्तो अभिव्यक्ति दिनेलाई सरकारबाट हटाउन जोडदार माग गर्दछौं,’ विपक्षी आठ दलको विज्ञप्तिमा भनिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा