शनिबार, साउन ३० २०८३
ताजा अपडेट

ओलीको प्रस्तावपछि झाँक्रीको प्रतिक्रिया : पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो


  • आइतबार, जेष्ठ २३ २०७८
12K
SHARES

रामकुमारी झाँक्री/फाइल तस्विर

काठमाडौं, २३ जेठ । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको एकता प्रस्ताव एकताको लागि नभएर आफूहरुलाई झुक्याउन, अलमलाउन र मिडिया खपतको लागि आएको टिप्पणी गरेकी छिन् ।

ओलीको प्रस्ताव सार्वजनिक भएलगत्तै नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले भनेकी छिन्-“झ गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिने? फिर्ता लिने पक्षसंग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र? लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन। त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु। बिकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइनेछ।”

 

हेर्नुहोस् रामकुमारी झाँक्रीको फेसबुक स्टाटसः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा