बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

नेतृत्व हस्तान्तरण प्रक्रिया शुरु भएको छ– प्रधानसेनापति थापा


  • आइतबार, जेष्ठ २३ २०७८
9.3K
SHARES

फाइल तस्विर

प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया आजैदेखि शुरु भएको बताएका छन् ।

आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्दै प्रधानसेनापति थापाले नेतृत्व हस्तान्तरणको प्रक्रिया शुरु भएको बताए ।

उनले भने, ‘यो दुई महीना नेतृत्व हस्तान्तरण कसरी प्रभावकारी बनाउने भन्नेमा केन्द्रित हुनेछु’।

प्रधानसेनापति थापाको तीन वर्षे कार्यकाल आगामी भदौ २४ मा सकिँदै छ । उनी २४ भदौ २०७५ मा प्रधानसेनापतिमा नियुक्त भएका थिए । सामान्यतया प्रधानसेनापति अवकाशको एक महीना अघि बिदा बस्ने प्रचलन छ ।

उनीपछि अब प्रधानसेनापति बन्ने लाइनमा बलाधिकृत रथी प्रभुराम शर्मा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा