बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

१४ औँ महाधिवेशन भदौमा गर्न कांग्रेस जिल्ला सभापतिहरूको दबाब


  • आइतबार, जेष्ठ २३ २०७८
16.6K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले समसामयिक राजनीतिका सन्दर्भमा १० बुँदे विज्ञप्ति जारी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका, उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भम जिल्ला सभापतिले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

सबै जिल्ला सभापतिहरूको तर्फबाट १० बुँदे विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्न केन्द्रलाई दबाब दिने निर्णय गरेका छन्।  कांग्रेसका जिल्ला सभापतिहरूको भर्चुअल बैठकले महाधिवेशन गर्न केन्द्रको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको हो।

उनीहरुले पार्टीको १४ औं महाधिवेशन र अन्य आन्तरिक पार्टी सरोकारका विषयमा पार्टी केन्द्रलाई सामुहिक ज्ञापनपत्र बुझाउने निर्णय गरेको छन्। सबै जिल्ला सभापतिहरूको तर्फबाट १० बुँदे विज्ञप्ति सार्वजनिक गर्दै नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले महाधिवेशनका लागि केन्द्रलाई ज्ञापन पत्र बुझाइने उल्लेख गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा