शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा पारिश्रमिक घट्दैन– कोष


  • आइतबार, जेष्ठ २३ २०७८
13.4K
SHARES

फाइल तस्विर

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा श्रमिकको खाइपाई आएको पारिश्रमिक नघट्ने स्पष्ट पारेको छ ।

कोषमा आवद्ध हुँदा श्रमिकको पारिश्रमिक घट्ने भन्दै भ्रामक टिकाटिप्पणी भएको भन्दै कोषले एक विज्ञप्ति जारी गर्दै भ्रममा नपर्न पनि अपिल गरेको छ ।

कोषले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रम ऐन, २०७४ को दफा १७८ को उपदफा ३ र दफा ३४ को उपदफा ३ ले श्रमिक, कर्मचारी सेवा सुविधाको सुरक्षाको कानूनी प्रत्याभूती गरिसकेको सन्दर्भमा कोषमा आवद्ध हुँदा खाइपाइ आएको सुविधा नघट्ने स्पष्ट छ। यद्यपी स्पष्ट कानूनी व्यवस्थामार्फत श्रमिकले पाइरहेको सुविधा घटाउन नपाउने प्रत्याभूति हुँदाहुर्दै पनि भ्रमपूर्ण सूचना संप्रेक्षण नगराउन अनुरोध गर्दछौं ।’

त्यस्तै सामाजिक सुरक्षा योजना निजी क्षेत्रका रोजगारदाता तथा श्रमिकका लागि अनिवार्य भएको हुँदा यथाशीघ्र सूचीकृत हुन पनि कोषले आग्रह गरेको छ। सूचीकृत नहुने रोजगारदातालाई पनि ऐन लाग्ने कोषले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा