बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

होटलमा राउटे युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक, संलग्न तीन युवक पक्राऊ


  • आइतबार, जेष्ठ २३ २०७८
16.7K
SHARES

फाईल तस्बिर

लोपोन्मुख राउटे समूदायकी युवतीलाई होटलमा लगेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। राउटे समूदायकी युवतीलाई विभिन्न प्रलोभन देखाइ होटलमा लगी दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि संलग्न तीन युवक पक्राउ परेका हुन् ।

सामाजिक सञ्जालमा भिडियो फेला परेपछि सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका विनोद पुनलाई पक्राउ गरिएो प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुन होटल सञ्चालक हुन्। उनको होटलमा उनीसहित तीन जना युवाले राउटे समुदायकी युवतीहरूलाई लिएर आफू अर्धनग्न बनेर भिडिओ बनाएका थिए।

उनीहरुले युवतीलाई मदिरा सेवन गराइ दुर्व्यवहार गरेका थिए । सार्वजनिक भिडियोमा राउटे युवतीले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेकी छन्। ती युवाहरूले भने जबर्जस्ती भिडियोमा बोल्न लगाएका छन्।

पक्राउ परेका उनीहरुमाथि आवश्यक छानविन गरी कारबाही गरिने सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

हाल राउटे समुदाय गुर्भाकोट नगरपालिका-११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा