बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

ढुंगा-गिट्टी निकासीको निर्णय फिर्ता नभए सत्याग्रह थाल्ने शान्ति समाजको चेतावनी


  • शनिबार, जेष्ठ २२ २०७८
18.4K
SHARES

फाइल तस्विर

मानवअधिकार तथा शान्ति समाजले ढुंगा गिट्टी निकासी गर्ने निर्णय फिर्ता नगरे सत्याग्रह आन्दोलन गर्ने चेतावनी दिएको छ । विश्व वातावरण दिवसका अवसरमा शनिबार समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय सत्तासँग माटो बेच्ने वातावरणीय प्रतिगमन भएको बताएका छन् ।

शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल ब्यालेन्स)मा जोड दिंदै हिमालय बचाऊ आन्दोलन समेत सञ्चालन गरिरहेको उल्लेख गर्दै सभापति खनालले ढुंगा गिटी निकासीको निर्णय नसच्याए सत्याग्रह आन्दोलन शुरु गर्ने उल्लेख गरेका छन् ।

वातावरण विनाश गर्ने सरकारको यो नीतिले नेपालको दक्षिणको मैदानी इलाका मरुभूमिकरण हुने खतरा रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो आत्मघाती कदम वातावरणीय प्रतिगमन हो, छिमेकीलाई रिझाउन अंगदान गर्न सकिंदैन ।’

सरकारको यो निर्णय फिर्ता गराउन समाजका सबै तह र तप्काको सामूहिक पहल र दबाब आवश्यक रहेकोमा सभापति खनालले जोड दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा