नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपाललाई भ्याक्सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा उत्साहित भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कोरोना भाइरसविरुद्धको भ्याक्सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा उत्साहित भएको बताएका हु्न् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले २ करोड ५० लाख डोज कोभिड-१९ विरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरेसँगै नेपाल पनि खोप आउने भएको छ । नेपाल सहित दर्जन बढी मुलुकलाई ७० लाख खोप दिने भएको छ ।
नेपालको भागमा कति पर्छ टुगो त लागेको छैन । तर अमेरिकाबाट खोप आउने टुगो त भयो । यसलाई अमेरिकाले सुरुवात भनेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।