बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

आज विश्व वातारवरण दिवस, चेतनामूलक कार्यक्रम गरेर मनाइँदै


  • शनिबार, जेष्ठ २२ २०७८
7.1K
SHARES

फाइल तस्विर

आज विश्व वातावरण दिवस । नेपालमा पनि दिवसका अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ ।

संयुक्त राष्ट्र संघले आह्वानमा प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो ।

यस वर्ष  पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाउन लागिएको छ ।

तर वातावरण संरक्षणमा यो बेला सरकारीस्तरबाटै वेवास्ता भएको आरोप पनि लागेको छ । वातावरण जोगाउन क्रियाशील हुनुपर्ने सरकार नै चुरे क्षेत्र मासेर वातावरण संरक्षणमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने प्राकृतिक सम्पदाको दोहनमा लागेको भन्दै विज्ञहरूले आलोचना गरेका छन् ।

यसअतिरिक्त धुँवाधुलो, बढ्दो शहरीकरण, फोहोरमैलाको दिगो व्यवस्थापन, ढलको निकासी, खेतियोग्य जमिनमा भएको प्लटिङ, बन फडानीलगायतका वातावरण संरक्षणविपरितका क्रियाकलापले स्वच्छ वातावरणमा बस्न पाउने नागरिकको मौलिक हक समेत हनन् भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा