स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यममा आएको नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको निराधार समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालमा कुनै नयाँ भेरियन्ट फेला नपरेको पुष्टि गरेका हुन् ।
उनले ‘नेपाल भेरियन्ट’ भन्ने कुनै भेरियन्ट नै नभएको बताए । विश्व स्वास्थ्य संगठनले नेपालमा देखिएको भेरियन्ट नयाँ नभएको स्पष्ट पारिसकेको उनले जनाएका छन् ।
अहिले नेपालमा ‘अल्फा (B.1.1.7),’ र ‘डेल्टा (B.1.617.2)’ भेरियन्ट रहेको र पछिल्लो समय देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा (B.1.617.2) अहिले बढी सक्रिय भएको मन्त्रालयले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘अल्फा’, ‘गामा’, ‘काप्पा’ छुट्टाछुट्टै नाम दिइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।