शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमाले स्थायी कमिटी बैठक स्थगित


  • बुधबार, जेष्ठ १९ २०७८
17.4K
SHARES

फाइल तस्विर

नेकपा एमालेको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज स्थगित बैठक भोलि अपरान्ह ४ बजेलाई बोलाइएको छ । पार्टी एकतालाई जोड दिँदै एकता वार्तामा खटिएका नेताहरु छलफलमै रहेकाले आजको बैठक भोलिलाई सारिएको हो ।

मंगलबार पनि एमाले स्थायी कमिटी बैठक भएको थियो । बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो । पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको कमिटी यथावत राखेर अघि बढ्नु पर्ने माधव कुमार नेपाल पक्षधर नेताहरुको अडान छ ।

पार्टी एकता जोगाउन प्रयासमा ओली र नेपाल पक्षीय दोस्रो तहका नेताहरू निरन्तर संवादमा जुट्दै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा