जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारले बजेट बक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको बताएका छन ।
यादवले बुधबार एक प्रेस विज्ञप्ति जारी गदै नवधनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर यसबाट सबै भन्दा बढी प्रभाव रहेको चुरेको संवेदनशील क्षेत्रमा पर्ने र यसले तराई/मधेशमा ठूलो प्राकृतिक संकट आउने उल्लेख गरेका छन ।
‘यसले नकारात्मक पर्यावरणीय असर पार्नेछ जसको मूल्य तराई/मधेशमा वसोवास गर्ने जनताले चुकाउनु पर्नेछ,’यादवले भनेका छन, ‘व्यापार घाटा गर्ने नाममा नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाति रहेको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।