बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

नक्कली नोट र लागुऔषधसहित एक व्यक्ति पक्राउ


  • बुधबार, जेष्ठ १९ २०७८
11.3K
SHARES

फाइल तस्विर

झापाको दमक १ बाट एक व्यक्ति लागुऔषध तथा नक्कली नोटसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक १ को एक होटलको कोठाबाट एक जना भुटानी शरणार्थीलाई पक्राउ गरिएको हो ।

दमक ३ बेलडाँगी २ सेक्टर सी २ का ३२ वर्षीय पूर्णबहादुर बानियाँ लागुऔषध र नक्कली नोटसहित पक्राउ परेका हुन् । उनको साथबाट एउटै नम्वर भएका एक हजार दरका ८ थान नोट बरामद भएको छ ।

यस्तै ४७.५३० ग्राम ब्राउन सुगरसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा