शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चौधरी उद्योगमा आगलागी


  • बुधबार, जेष्ठ १९ २०७८
6.6K
SHARES

फाइल तस्विर

पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ केरारेनीस्थित चौधरी उद्योगको बियर प्लान्टमा आगलागी भएको छ ।

उद्योगको आइस वियर प्लाण्टमा बिहान ८ बजेतिर अचानक आगलागी भएको हो । आगो अझै नियन्त्रणमा आइसकेको छैन ।

प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

अहिलेसम्म बोटलिङ प्लान्ट र गोदाममा आगो लागेको उद्योगका प्रशासन प्रमुख दामोदर पौडेलले बताए । आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण आउन बाँकी रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा