बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

रेशम चौधरीलगायतका मुद्दा फिर्ता लिन सरकारले पहल गर्ने


  • मंगलबार, जेष्ठ १८ २०७८
11.6K
SHARES

फाइल तस्विर

सरकारले थरूहट/थारूवान संघर्ष समितिसँग ६ बुँदे सहमति गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार मंगलबार ६ बुँदे सहमति भएको छ।

उक्त सहमतिको पहिलो बुँदामा टीकापुरमा भएको घटनामा धनीराम चौधरी, रेशलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्ता र रिहाइका लागि संविधान तथा कानुनसम्मत पहल गर्ने उल्लेख छ।

यस्तै थारूभाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा पठनपाठनको व्यवस्था गर्ने पनि सहमति छ।

सहमति पत्रमा नेपाल सरकारका तर्फबाट कानुन मन्त्री लिलानाथ श्रेष्ठ, राजन भट्टराई, भगवती चौधरी तथा थारू कल्याणकारी सभाका तर्फबाट रूकमिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा