दुई वरिष्ठ न्यायाधीश संवैधानिक इजलासबाट बाहिरिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ ।
दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिने निर्णय सुनाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले २३ गते नयाँ रोष्टरबाट इजलास गठन गर्ने आदेश सुनाएका हुन् ।
आदेश सुनाउँदै राणाले भने, ‘अब २३ गते पेसी तोक्छु । वरिष्ठबाट रोष्टर बनायर ल्याउँछु । अब चाहिँ पक्ष विपक्ष नहोस् ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।