आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

भिसा अन्तरवार्ताको वातावरण बनाउन नेपाली डिभी विजेताको माग


  • सोमबार, जेष्ठ १७ २०७८
15.6K
SHARES

फाइल तस्विर

काठमाडौँ – सन् २०२१ का नेपाली डिभी विजेताहरुले भिसा अन्तरवार्ताको व्यवस्था गर्न माग गरेका छन् । भिसा अन्तरवार्ताको अवधि घर्कदै गएपछि उनीहरुले काठमाडौं स्थित अमेरिकी दूतावाससँग माग गरेका हुन् ।

दुतावासले डिभी विजेताहरुलाई भिसा जारी नगरेपछि आर्थिक बर्ष सन् २०२१ का नेपाली विजेताहरु चिन्तित र अन्यौलग्रस्त भएका छन् । उनीहरुले स्वास्थ्यका मापदण्ड अपनाएर भिसा अन्तरवार्ताको वातावरण बनाउन विभिन्न निकायहरुलाई अनुरोधसमेत गरेका छन् ।

आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुले भिसा पाउनुपर्ने अवधि अब ४ महिनामात्र बाँकी छ । अर्थात् उनीहरुले आगामी सेप्टेम्बर अन्त्यसम्म भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ । अक्टोबर १ देखि आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउन सुरु गर्ने प्रावधान रहेकाले वर्तमान प्रावधान अनुशार सेप्टेम्बर अन्तिमसम्म भिसा नपाएका हरुले त्यसपछि भिसा पाउनसक्ने छैनन् ।

आर्थिक बर्ष २०२१ मा ३८०१ जना नेपालीहरुले डिभी लोटरी जितेकोमा अहिलेसम्म कसैले पनि भिसा पाउन सकेका छैनन् । उनीहरुका तर्फबाट नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई एक खुलापत्र लेख्दै सन् २०२१ का डिभी विजेताहरुलाई भिसा अन्तरवार्ताको लागि वातावरण बनाइदिन दूतावाससमक्ष पहल गरिदिन आग्रह गरेका छन् ।

कोरोना परीक्षणको नेगेटिभ रिजल्ट, भ्याक्सिन लगाएको रिपोर्ट र अन्य सबै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर डिभी भिसा अन्तरवार्ता सुचारु गर्न उनीहरुले अनुरोध गरेका हुन् ।

यसैबीच मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले पनि नेपाली डिभी विजेताहरुका तर्फबाट आफ्नो कार्यालयमा समेत अनुरोधहरु आएको जानकारी दिएका छन् । सन् २०२१ का डिभी विजेताहरुको भिसा सेप्टेम्बरपछि पनि संरक्षण गर्ने वातावरण बनाउनका लागि आफ्नो तर्फबाट पहल गर्ने भण्डारीले जानकारी दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा