शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रधानमन्त्रीको आक्रोश : न्यायाधीश पनि कालोकोटधारीले तय गर्ने ?


  • सोमबार, जेष्ठ १७ २०७८
13K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुको चर्को आलोचना गरेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएकोमा उनले आपत्ति जनाएका छन् । एमाले सम्बद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वकिलहरुले आफूले लेखेर दिएको फैसला पढ्ने न्यायाधीश खोजेको आरोप लगाए ।

‘अब वकिलहरुले न्यायाधीश तय गर्ने ? उनीहरुले पढेर सुनाउ भनेको निर्णय सुनाउने न्यायाधीश चाहियो ?’ उनले भने, ‘उहाँहरु त्यही चाहिरहनुभएको छ, हामीले लेखेर दिएको फैसला पढीवाची सुनाउने न्यायाधीशबाहेक अरु मान्दैनौं ।’

अघि भने, ‘कालोकोटधारी केही व्यक्तिले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै हुनुहुन्छ ?’

प्रधानमन्त्री ओलीले संयुक्त वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरुप्रति पनि आक्रोश पोखेका छन् ।

आफ्नो पालामा केही नगरेकाहरुले अहिले न्यायालयको कामकारबाहीमा हस्तक्षेप गर्न खोजेको उनको आरोप छ । ‘पूर्व न्यायमूर्तिहरुले न्यायालयको कसरी हुर्मत लिंदै हुनुहुन्छ पेन्सन खाएर …’ उनले भने, ‘आफ्नो समयमा केही नगर्ने, वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा ?’

यस्ता ‘आउटडेटेड इलिमेन्ट’हरुबाट देशलाई दुष्प्रभावित हुन नदिने उनले बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा