शुक्रबार, कार्तिक १४ २०८३
ताजा अपडेट

यो सरकार अलोकप्रियताको सबभन्दा गहिरो बिन्दुमा छ : कांग्रेस


  • सोमबार, जेष्ठ १७ २०७८
8.4K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसले सरकारको जनमत बढ्दैछ भनेर भ्रम कसैलाई नभएको बताउदै सरकार अलोकप्रियताको सबभन्दा गहिरो बिन्दुमा पुगेको दाबी गरेको छ ।

सत्तारुढ दलका नेताहरुले बजेटलाई आम जनताले रुचाएका कारण विपक्षीहरुले विरोध गरेको बताइरहँदा कांग्रेसले सरकार लोकप्रिय होला कि भन्ने चिन्ता नभएको बताएको हो ।

बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा छायाँ अर्थमन्त्री समेत रहेका कांग्रेस सांसद मिनेन्द्र रिजालले भने, ‘यो सरकार अलोकप्रियताको सबभन्दा गहिरो बिन्दुमा छ । त्यसैले सरकार लोकप्रिय होला कि भन्ने चिन्ता छैन ।’

अघि भने, ‘हामीलाई देश र जनताको चिन्ता छ । जनता कोरोनाको कहरमा छन्, अर्थतन्त्र अझ बिग्रिने खतरा छ ।’ सरकारको लोकप्रियता कति छ भनेर उसले जानेको होला भन्दै उनले नजानेको भए चुनाव भएको दिन थाहा हुने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा