शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

मध्यावधि चुनाव पनि हामीनै जित्छौ, बजेट पनि हामीनै कार्यन्वयन गर्छौ :अर्थमन्त्री


  • सोमबार, जेष्ठ १७ २०७८
8.8K
SHARES

फाईल तस्बिर

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि निर्वाचन पनि आफूहरुले जित्ने र सरकार बनाउने त्यसपछी बजेट कार्यान्वयन पनि आफुहरुलेनै गर्ने दाबी गरेका छन ।

निर्वाचन घोषणा गरेको सरकारले पूर्ण बजेट ल्याएको भन्दै आलोचना भएका बेला उनले चुनावपछि पनि नेकपा एमाले नै सरकारमा आउने र बजेट कार्यान्वयन गर्ने दाबी गरेका हुन् ।

‘आज बजेट जसले प्रस्तुत गरेको छ, त्यसैले बजेट कार्यान्वयन गर्छ,’ आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक वर्ष २०७८÷७९ को बजेटका विषयमा गरेको छलफलमा अर्थमन्त्री पौडेलले भने, ‘आज पनि कार्यान्वयन गर्छ, निर्वाचनपछि पनि जनताबाट अनुमोदित भएर यो शक्ति आउँछ ।

उनले बजेटमा अहिले केवल विरोधका लागि मात्र विरोध भइरहेको भन्दै तथ्यमा रहेर विरोध गर्ने कुनै विषय नै विपक्षीसँग नरहेको दाबी गरे ।

बजेट ल्याउन हुँदैन भन्नु कोरोना नियन्त्रण गर्नु हुँदैन, निजी क्षेत्र र जनताको माग सुन्नु हुँदैन भन्नुजस्तै रहेको अर्थमन्त्री पौडेलले बताए । संविधानको प्रावधान अनुसार नै बजेट आएको र कार्यान्वयन पनि हुने उनले जिकिर गरे ।
‘बजेट कार्यान्वयनको जिम्मा सरकारले लिन्छ, जसरी बनायो, कार्यान्वयन त्यसैगरी हुन्छ, द्विविधा नराख्नुस्,’ उनले भने । उनका अनसार सोमबार सबै मन्त्रालयका मन्त्री र सचिवसँग अर्थ मन्त्रालयले छलफल गरी बजेट कार्यान्वयनलाई तीव्रता दिने तयारी गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा