महोत्तरीमा इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकै घरका दुई जना बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार महोत्तरीको एमविएस इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर रामगोपालपुर नगरपालिका–९ का ९ वर्षीय बालक प्रेमकुमार मण्डल र उनका दाजु १० वर्षका आशिककुमार मण्डलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घरबाट झन्डै एक किलोमिटर टाढा रहेको इँटा उद्योगले खनेको खाल्डोमा पानी जमेको थियो ।
खेल्न गएका दुबै बालकको शनिबार अपराह्न डुबेर मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।