शुक्रबार, कार्तिक १४ २०८३
ताजा अपडेट

भारतमा कोरोनाको नक्कली औषधि वेच्ने गिरोह सक्रिय, ३५० जना पक्राउ


  • सोमबार, जेष्ठ १७ २०७८
8.1K
SHARES

फाइल तस्विर

भारतमा कोरोनाको नक्कली औषधि वेच्ने गिरोह सक्रिय भएको पाइएको छ ।

कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० जना पक्राउ परेसँगै गिरोहको बारे खुलासा भएको हो ।

भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको वरिष्ठ प्रहरी अधिकारी प्रेम नाथले जनाएका छन् ।

यी अपराध अत्यन्तै तल्लो स्तरको र मानवताविरोधी भएको भन्दै उनीहरूलाई कडा कारबाहीको माग भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा