शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

इराकसँग हारेपछि फुटबल प्रशिक्षकले भने– धैर्य गर्नुस् राम्रो नतिजा ल्याउँछौं


  • आइतबार, जेष्ठ १६ २०७८
14.1K
SHARES

फाइल तस्विर

इराकसँगको मैत्रीपूर्ण खेलमा पराजित भएपछि नेपालका फुटबल प्रशिक्षक अबदुल्लाह अलमुताइरीले निराश नहुन आह्वान गरेका छन् । नतिजा राम्रो दिन नसक्नुको दोष आफूले लिने भन्दै उनले माफीसमेत मागे ।

खेल सकिएपछि प्रतिक्रिया दिंदै उनले भने, ‘सबैसँग माफी माग्छु, राम्रो रिजल्ट भए । हारको दोष म लिन्छु, खेलाडीलाई दबाब नदिनुस् ।’

इराकको बसरास्थित अल फायना स्टेडियममा गएराति भएको खेलमा नेपाल इराकसँग ६–२ ले पराजित भएको थियो । नेपाली फुटबल टिमको प्रशिक्षण सम्हालेपछि अलमुताइरीको यो पहिलो खेल थियो ।

कुवेती प्रशिक्षक अलमुताइरीले राम्रो नतिजाका लागि केही समय धैर्य गर्न आग्रह गरे । उनले भने, ‘हामीले आज २ गोल गरेर खुशी मनायौं तर अब धरै खुशी बनाउँछौं । केही समय पर्खनुस्, हामी राम्रो गर्छौं । हामी विश्वकप छनोटका लागि तयार हुन्छौं ।’

राम्रो नतिजाका लागि केही समय चाहिने बताउँदै उनले भने, ‘हामीले आज एक अवसर गुमायौं । त्यो गोल भएको भए राम्रो हुन्थ्यो । केही सिल्ली मिस्टेक गर्दा खेल हारिन्छ, हामीलाई केही समय चाहिन्छ । जब हाम्रो लामो ट्रेनिङ हुन्छ हामी राम्रो रिजल्ट ल्याउँछौं ।’

डेब्यू खेलमा गोल गरेका मनिस डाँगीले राम्रो अनुभव हासिल गरेको भन्दै भविष्यमा अझै राम्रो खेल्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा