शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

संविधानमाथि प्रहार गर्नेलाई विदा गर्ने संकल्प गरौं : प्रकाशमान


  • शनिबार, जेष्ठ १५ २०७८
16.8K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै नेपालीमा गणतन्त्र दिवसको शुभकामना दिंदै संविधानमाथि नै प्रहार गर्नेहरूलाई विदा गर्ने संकल्प गर्न आह्वान गरेका छन् । लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्र, संघीयता र समावेशीता राष्ट्रपति र प्रधानमन्त्रीको गलत भूमिकाका कारण संकटमा परेको भन्दै उनले सो आह्वान गरेका हुन् ।

‘संविधानको पालक (राष्ट्रपति) र कार्यान्वयनको मूल दायित्व रहने प्रधानमन्त्रीका पछिल्ला असंवैधानिक कदमले देशलाई अनिश्चयको अँध्यारो सुरूङतर्फ धकेलेको छ । हिजो गणतन्त्रका लागि लडेका सबै शक्ति पुनः एकपटक जनताको मतबाट निर्वाचित प्रधानमन्त्रीको स्वेच्छाचारी कदमकाविरूद्ध गणतन्त्र, संविधान र संसदको रक्षार्थ राजनीतिक र कानुनी रूपमा प्रतिवादमा उत्रिएका छौं । निश्चित छ, गणतन्त्र र परिवर्तनका एजेन्डा विरोधी शक्तिलाई नेपाली जनताले छिट्टै परास्त गर्नेछन्,’ नेता सिंहले भनेका छन् ।

उनले भनेका छन्, ‘अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा शैया अभावमा छट्पटाइ रहेकाहरूलाई मतपत्र थमाउँछु, भन्ने अविवेकी शासकको जति निन्दा गरेपनि कम हुन्छ । यो महामारीको बेलामा हामीलाई जनताको जीवन बचाउन होइन मत माग्न जाऊ भन्नु कुन मानवीयताले दिनसक्छ ? आज गणतन्त्र दिवसका दिन हामीले फेरि एकपटक, लामो संघर्षको प्रतिफल संविधानमाथि नै प्रहार गर्नेहरूलाई विदा गर्ने संकल्प गरौं ।’

कोरोना महामारीबाट बच्न र असंवैधानिक कदमको कडा प्रतिवाद गर्न उनले सबैमा अपिलसमेत गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा