पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले देशको नेतृत्व गणतन्त्र विरोधीको हातमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्न सबैलाई आह्वान गरे । गणतन्त्र दिवसको अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भट्टराईले जनताको बलिदानी र संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई रक्षा गर्नुपर्ने बताएका हुन्।
उनले भनेका छन्, ‘गणतन्त्रबिरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने जुन काम भैरहेको छ त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गरौँ !’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।