बिहीबार राति भेरी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटना छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन भएको छ । शुक्रबार बसेको सरोकारवाला निकायको बैठकले सहायक प्रजिअ शंकर बहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
समितिमा चिकित्सक संघ, नर्सिङ संघ, अस्पताल प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि समेत राखिएको छ । समितिले आजैबाट काम थाल्ने र ३ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउने कार्यादेश पाइएको सहायक प्रजिअ विष्टले जानकारी दिए ।
समितिमा मेडिकल एसोसिएसनको तर्फबाट विनोद कर्ण, अस्पताल व्यवस्थापन समितिको तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, नर्सिङ एसोसिएसनको तर्फबाट लक्ष्मी ओली सहित जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि र अस्पतालका एक चिकित्सक रहेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।