शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

अहिले देशभरका विभिन्न स्थानमा वर्षा, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


  • शुक्रबार, जेष्ठ १४ २०७८
9.1K
SHARES

फाईल तस्बिर

अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ ।

आज देशभर मौसममा सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ रहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्।

प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको रहेको छ।

देशका हिमाली र उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनमा उल्लेख छ।

शुक्रबार राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा राति भारी र अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ।

उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातर वर्षा तथा गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा