कोरोनाकाका कारण शैक्षिक सत्र दुई महिना पछाडि धकेलिएको छ । महामारीको दोस्रो लहरले अत्याधिक संक्रमणको लहर फैलिए संगै, एसईई र कक्षा १२ का विद्यार्थीको परीक्षा हुन सकेन । जेठको दोस्रो हप्ता बित्न लाग्दा पनि परीक्षा विधि एवं तालिका निश्चित हुन नसकेपछि विद्यार्थी अन्योलमा छन् भने अभिभावक आफ्ना बालबालिकाको भविश्य के हुने भन्ने तनावमानै रहेका छन ।
१० महिना बन्द भएको विद्यालय कोरोना संक्रमण दर कम हुँदै गएपछि खुल्न शुरु भएको थियो । भौतिक रुपमा पुनः पठनपाठन सुरु भएको केही महिनामै महामारीको दोस्रो लहर फैलियो । त्यसले फेरि वैकल्पिक माध्याममा जानुपर्ने स्थिति आयो । परीक्षाको मिति तय भइसकेपछि विद्यालय बन्द भए । अहिले केही स्थानीय तहले आन्तरिक मूल्यांकन विधिबाट नतिजा सार्वजनिक गर्न भनिरहेका छन् ।
तर राष्ट्रिय परीक्षा बोर्डले जिम्मा पाएको एसईई र १२ को परीक्षाको भने विधि र मिति अझै निश्चित भएको छैन । अहिलेसम्म कुन विधिमा परीक्षा हुने भन्ने निश्चित नहुँदा अभिभावक एवं विद्यार्थी अलमलमा परेका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।