नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाबाट जनता, शासकबाट संविधान र कांग्रेस पार्टी बचाउने दायित्व एकैसाथ आएको बताएका छन् ।
नेपाल प्रेस यूनियनको स्थापना दिवसका अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै पौडेलले कोरोनाबाट नागरिकलाई बचाउनका लागि सरकारले सम्पूर्ण शक्तिको प्रयोग गर्न नसकेका कारण समस्या भएको टिप्पणी गरे ।
महामारीबाट नागरिकलाई जोगाउनका लागि पनि नेपाली कांग्रेसले ठोस कदम चाल्नुपर्ने उनले बताए । अहिलेका शासकबाट संविधान जोगाउने दायित्व पनि कांग्रेसको काँधमा भएको उनको भनाइ छ । शासकले संसद विघटन गरेर संविधान च्यात्न खोजेको भन्दै पौडेलले संविधान जोगाउनका लागि कांग्रेस मैदानमा आएको दावी गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।