शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भारतमा संक्रमण दर घट्दै : एकैदिनमा ४ हजार १ सय ५७ जनाको मृत्यु


  • बुधबार, जेष्ठ १२ २०७८
11.7K
SHARES

फाईल तस्बिर

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण भारतमा ४ हजार १ सय ५७ जनाको मृत्यु भएको छ ।

२ लाख ८ हजार ९ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् भने २ लाख ९५ हजार ९ सय ९५ जना डिस्चार्ज भएका छन् । भारतमा संक्रमण दर घट्दै गएपछि मृत्यु दर भने घटेको छैन ।

हालसम्म भारतमा २ करोड ७१ लाख भन्दा बढी संक्रमित छन् भने २ करोड ४३ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।यहाँ अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ११ हजार ३ सय ८८ जना रहेको छ भने २४ लाख ९५ हजार ५ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा