शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सिंहदरबारमा देउवा, प्रचण्ड, माधव र उपेन्द्रबीच छलफल


  • मंगलबार, जेष्ठ ११ २०७८
7.8K
SHARES

फाइल तस्विर

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा दलका शीर्ष नेता छलफलमा जुटेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल जारी छ।

स्रोतकाअनुसार केहीबेर अगाडिदेखि उनीहरू छलफलमा जुटेका छन्।

विपक्षी ५ दलका सांसदले सोमबार सर्वोच्चमा रिट दिएका थिए। देउवासहित १४६ सांसदले प्रतिनिधि सभा विघटनविरूद्ध रिट दिएका थिए।

अब कसरी अगाडि बढ्ने भन्नेबारे अहिले विपक्षी दलहरू छलफलमा जुटेका हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा