संघयी परिषद् जनता समाज पार्टाीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवासमा बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार र हल्ला लाेकतन्त्रका लागि शुभ संकेत नभएको बताउनु भएको छ ।
भट्टराईले समाजिक सञ्जाल टुइटरमा लेख्दै विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार र हल्ला लाेकतन्त्रका लागि शुभ संकेत नभएको बताउनु भएको हाे ।
‘खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो,’ उहाँ लेख्नुहुन्छ ‘त्यो नियम र नजीर बन्न सक्दैन। राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधानरलोकतन्त्र मास्ने खेल पूरा नहोस् !’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।