शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सबै बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने


  • मंगलबार, जेष्ठ ७ २०७६
29.3K
SHARES

काठमाडौं ०७जेष्ठ ।

बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि आफ्नो एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने भएको छ । यस अघि केही बैंकहरुले मात्र आफ्नो एटीएम मेसिनमा अंग्रेजी र नेपाली दुवै भाषा राख्ने गरेका थिए भने केहीले अंग्रेजी भाषा मात्र राख्ने गरेका थिए ।

तर राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार भने सबै बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो एटीएम मेसिनमा नेपाली र अंग्रेजी दुवै भाषा राख्नुपर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार भुक्तानी तथा फछ्यौट ऐन २०७५ को दफा ४५ उपदफा ९१० तथा भुक्तानी तथा फछर्यौट विनियमावली २०७२ ९दोस्रो संसोधन २०७४ समेत० को विनियम ५९ उपविनियम ९१० ले दिएको अधिकार प्रयोग गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा