शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन छ: शिक्षामन्त्री श्रेष्ठ


  • सोमबार, जेष्ठ १० २०७८
11.9K
SHARES

फाइल तस्विर

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् । यस्को लागि विभिन्न विकल्पको बारेमा छलफल भैरहेको जानकारी गराए ।

राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारेमा निर्णय हुने जानकारी दिए ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री श्रेष्ठले सो जानकारी दिएको हो । संगठनका अध्यक्ष ऐन महर सहितको टोलीले मन्त्री श्रेष्ठलाई १३ बुदे ज्ञापनपत्र बुझाएको थियो ।सो क्रममा मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र जानकारी दिने उल्लेख गर्दै भने,‘सबै परीक्षाको विषयमा चाडै निर्णैय गर्नेछौ ।

उनले सरकारले आर्थिक वर्ष २०७८–०७९ को बजेटमा शिक्षाको बजेट बढ्न सक्ने आंकलन गर्दै नयाँ नयाँ योजना आउनसक्ने उल्लेख गरे । भने,‘तपाईहरुले शिक्षामा २० प्रतिशत बजेट आवश्यक रहेको उल्लेख गर्नुभएको छ । सरकारले यो विष्यायमा सोच विचार गरिरहेको छ । ’

मन्त्री श्रेष्ठले अबको शिक्षा गुणस्तरीय र रोजगारमुलक हुनुपर्ने बताए। अब परम्परागत शिक्षा अहिलको आवश्यकता होइन, प्रयोगात्मक र प्रबिधियुक्त शिक्षा आजको आवश्यकता रहेको मन्त्री श्रेष्ठको भनाई थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा