६ जेठ, झापा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति असहमति जनाउँदै पत्रकारले गरिरहेको आन्दोलन गलत नभएको बताएका छन् ।
उक्त आन्दोलनले प्रेस स्वतन्त्रतालाई स्थापित र प्रेसलाई मर्यादित बनाउन बहस सिर्जना गरेको उनको भनाइ छ । गृह जिल्ला इलाम जानेक्रममा सोमबार झापाको बिर्तामोडमा पत्रकारसँग कुरा गर्दै नेता खनालले नेपालको संविधानले दिएको हक कुनै पनि बाहनामा कुण्ठित गर्न नसक्ने पनि प्रष्ट पार्नु भएको छ ।
‘संविधानले प्रेस स्वतन्त्रताको जे परिकल्पना गरेको छ, त्यो परिकल्पनाभन्दा माथि सरकार जान सक्तैन । हामी सरकारलाई त्यसरी हिंड्न दिनेछैनौं’ उनले भने ।
पार्टी एकीकरणलाई गौरवपूर्ण बताउँदै नेता खनालले अब पार्टीले नयाँ कार्यदिशा, नीति र सिद्धान्त पनि चाँडै सार्वजनिक गर्ने जानकारी दिए । एकताले दूरगामी महत्व राख्ने तर जटिल प्रक्रिया भएकाले बाङ्गोटिङ्गो हुँदै अगाडि बढिरहेकाले अझै पनि थुप्रै काम बाँकी रहेको खनालको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।